नियम १६
स्वास्थ्यपचार सम्बन्धी व्यवस्था
(१) नेपाल …………. भित्रका अस्पतालहरुमा अपा·हरुको निशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
(२) नेपाल ………. भित्रका पचास भन्दा बढी शैया भएका सरकारी अस्पतालहरुमा अपा·हरुको उपचारको निमित्त घटीमा दुईवटा निशुल्क
शैयाको व्यवस्था गरिनेछ ।
(३) ६५ वर्ष नाघेका बृद्व अपा· तथा असहाय अपा·हरुको नेपाल………… भित्रका सरकारी अस्पतालहरुमा निशुल्क औषधोपचारको
व्यवस्था गर्न सकिनेछ ।
(४) नेपाल सरकारको पूर्व स्वीकृति लिई कुनै गैर सरकारी अस्पतालले अपा·हरुको लागि निशुल्क स्वास्थ्य परीक्षण, निशुल्क शैया वा औषधि उपचारको व्यवस्था गरेमा त्यस्तो अस्पताललाई मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।